5
1 आदमका सन्तानहरूका विवरण यही हो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।  
2 उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।  
3 आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।  
4 आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
5 आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।  
6 शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।  
7 तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
8 शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।  
9 एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।  
10 तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
11 एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।  
12 केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।  
13 तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
14 केनान ९१० वर्ष बाँचे र तिनी मरे ।  
15 महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।  
16 तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
17 महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।  
18 येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।  
19 तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
20 येरेद ९६२ बाँचे र तिनी मरे ।  
21 हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।  
22 हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे ।  
23 तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
24 हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो ।  
25 मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।  
26 तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
27 मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।  
28 लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।  
29 तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”  
30 लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।  
31 लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।  
32 नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।