2
निर्वासनबाट फर्किएर आएकाहरूको सूची 
 
1 बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू  
2 यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए):   
   
 
इस्राएलीहरूका पुरुषहरूको सूची:  
3 परोशका सन्तानहरू 2,172 जना;   
4 शपत्याहका सन्तानहरू 372 जना;   
5 अराहका सन्तानहरू 775 जना;   
6 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना;   
7 एलामका सन्तान 1,254 जना;   
8 जत्तूका सन्तान 945 जना;   
9 जक्कैका सन्तान 760 जना;   
10 बानीका सन्तान 642 जना;   
11 बेबैका सन्तान 623 जना;   
12 अज्गादका सन्तान 1,222 जना;   
13 अदोनीकामका सन्तान जम्मा 666 जना;   
14 बिग्वैका सन्तान 2,056 जना;   
15 आदीनका सन्तान 454 जना;   
16 आतेरका सन्तान (हिजकियाबाट) 98 जना;   
17 बेजैका सन्तान 323 जना;   
18 योराका सन्तान 112 जना;   
19 हाशूमका सन्तान 223 जना;   
20 गिब्बारका सन्तान 95 जना;   
21 बेथलेहेमका मानिसहरू 123 जना;   
22 नतोपाका मानिसहरू 56 जना;   
23 अनातोतका मानिसहरू 128 जना;   
24 अज्मावेतका मानिसहरू 42 जना;   
25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;   
26 रामा र गेबाका मानिसहरू 621 जना;   
27 मिकमाशका मानिसहरू 122 जना;   
28 बेथेल र ऐका मानिसहरू 223 जना;   
29 नेबोका मानिसहरू 52 जना;   
30 मग्बीसका मानिसहरू 156 जना;   
31 अर्को एलामका मानिसहरू 1,254 जना;   
32 हारीमका मानिसहरू 320 जना;   
33 लोद, हादीद र ओनोका मानिसहरू 725 जना;   
34 यरीहोका मानिसहरू 345 जना;   
35 सेनाहका मानिसहरू 3,630 जना।   
   
 
36 पुजारीहरू:  
यदायाहका सन्तानहरू  
(येशूआको परिवारबाट) 973 जना;   
37 इम्मेरको परिवारबाट 1,052 जना;   
38 पशहूरको परिवारबाट 1,247 जना;   
39 हारीमको परिवारबाट 1,017 जना।   
   
 
40 लेवीहरू:  
येशूआका र कदमिएलका सन्तानहरू  
(होदवियाहको वंश) 74 जना।   
   
 
41 गायकहरू:  
आसापका सन्तानहरू 128 जना।   
   
 
42 मन्दिरका द्वारपालहरू:  
शल्लूम, आतेर, तल्मोन,  
अक्कूब, हतीता र शोबैका  
सन्तानहरू 139 जना।   
   
 
43 मन्दिरका सेवकहरूका सन्तानहरू:  
सीहा, हसूपा, तब्बाओत,   
44 केरोस, सीआ, पादोन,   
45 लेबाना, हागाबा, अक्कूब,   
46 हागाब, शल्मै, हानान,   
47 गिद्देल, गहर, रायाह,   
48 रसीन, नकोदा, गज्जाम,   
49 उज्जा, पसेह, बेसै,   
50 अस्ना, मोनीम, नेपुसीम,   
51 बक्बूक, हकूपा, हरहूर,   
52 बस्लूत, महीदा, हर्शा,   
53 बर्कोस, सीसरा, तेमह,   
54 नसीह र हतीपा।   
55 सोलोमनका सेवकहरूका सन्तानहरू:  
सोतै, सोपेरेत,  
परुदाका सन्तानहरू,   
56 याला, दर्कोन, गिद्देल,   
57 शपत्याह, हत्तील,  
पोकेरेत-हसेबायीम र आमी   
58 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना।   
   
 
59 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:   
60 दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना।   
   
 
61 अनि पुजारीहरूमध्येबाट:  
होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।   
62 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।  
63 राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।   
   
 
64 सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो।  
65 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए।  
66 तिनीहरूका 736 घोडा, 245 खच्चर,  
67 435 ऊँट र 6,720 वटा गधा थिए।   
   
 
68 जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए।  
69 तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए।   
70 पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।