87
कोरह परिवारहरूको एउटा भजन-स्तुतिगान। 
 
1 परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।   
2 परमप्रभुले इस्राएल का अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मन पराउनु हुन्छ।   
   
 
3 परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।   
4 परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ।  
ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्।  
ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।   
5 परमेश्वरले सियोनमा जन्मेका  
प्रत्येक मानिसलाई चिन्नु हुन्छ।  
सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।   
6 परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ।  
तिनीहरू कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।   
   
 
7 परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्।  
रू सुखी छन्। तिनीहरू गाइरहेछन् र नाचिरहेछन्। तिनीहरू भन्दछन्,  
“प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”