2
1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?  
किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?   
2 तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध  
र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।   
3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं,  
तिनीहरूबाट अलग हौं।”   
   
 
4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ।  
परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ।   
5 तब परमेश्वर रिसाउनु हुन्छ,  
अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।   
6 अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें।  
अनि उसले सियोन पर्वतमा राज गर्नेछ।  
सियोन मेरो एक विशेष पर्वत हो।”   
   
 
7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।  
परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ,  
तिमी मेरा पुत्र भयौ।   
8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु  
अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।   
9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले  
माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”   
   
 
10 यसैकारण, राजा र शासकहरु बुद्धिमान होउन्  
र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।   
11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।   
12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।  
यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ,  
र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ।  
जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन्।  
तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।